जसपा विवाद : निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलायो

नेपालखोज २०७८ साउन ७ गते १९:५४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा० को आधिकारिकता विवाद सुल्झ्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ ।

आधिकारिकताको विवाद समाधानका लागि आयोगको इजलासले साउन ११ गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी बनेकै बखतका ५१ जनालाई आयोगमा उपस्थित गराएर सनाखत गराउने निर्णय गरेको हो । ५१ जनामध्ये जसको पक्षमा बहुमत छ उसैलाई आधिकारिकता दिने आयोगको तयारी छ ।

यसअघि नै आफूसँग बहुमत दाबी गरेको उपेन्द्र यादव पक्षले सर्वोच्चको फैसला पछि पाँच जना सदस्य आफूतर्फ आएकाले सजिलै बहुमत पुग्ने जनाएको छ ।

अब आयोगले आफूलाई मान्यता दिने भएकाले ठाकुर समूहले या विगतका गल्तीलाई आत्मालोचना गरेर बस्नुपर्ने या अर्कै पार्टी खोल्नुपर्ने अवस्था आउने यादव पक्षको भनाइ छ । महन्थ ठाकुर पक्षले पनि बहुमतको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया