नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने जापानको प्रतिवद्धता
नेपालखोज
२०७८ साउन ७ गते २०:११

काठमाडौं । जापानले नेपाललाई कोरोनाविरुद्धको १६ लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । नेपालस्थित जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भेटवार्ता गर्दै केही दिनमै अस्ट्राजेनेका खोप चाँडै उपलब्ध गराउने जानकारी दिएका हुन् ।
भेटमा राजदूत युताकाले यसअघि नै जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप छिट्टै आइपुग्ने बताएको प्रधानमन्त्री देउवाले समाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन्।
सम्बन्धित

प्रतिक्रिया