प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै
नेपालखोज
२०७८ साउन ८ गते ८:३८

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयक सम्बन्धि समितीको प्रतिवेदन २०७८ पेश गर्ने छिन् ।
सम्बन्धित

प्रतिक्रिया