विप्लवले भेटे राप्रपा अध्यक्ष थापालाई
नेपालखोज
२०७८ साउन ८ गते ११:५०

काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले पछिल्लो पटक राजनीतिक दलहरुसँगको भेटलाई तिब्र पारेका छन् ।
यसअघि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटेका विप्लवले आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शिर्ष नेताहरुसँग भेटेका हुन् ।
राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत विप्लवसहितका नेताहरुबीच सौहार्दपूर्ण भेटघाट भएको जानकारी दिएका हुन् ।
सक्रममा उनले दुवै पक्षबीच समसामयिक विषयमा विचार विमर्श पनि भएको बताएका छन् ।
विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको अध्यक्ष थापाले बताएका छन् ।

सम्बन्धित
प्रतिक्रिया