नेपाली राजनीतिको शंकट कम्युस्निष्टहरुको शंकट हो : धर्मेन्द्र बास्तोला
नेपालखोज
२०७८ साउन ८ गते १७:२१

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको राजनीतिमा देखिएको शंकट कम्युनिष्ट आन्दोलनको शंकट भएको बताएका छन् ।
४३औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोदनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा नेता बास्तोलाले कम्युनिष्ट आन्दोलनमा देखा परेको शंकटका कारणले नै नेपाली राजनीतिमा शंकट देखा परेको बताएका हुन् ।
नेता बास्तोलाले नेपालको राजनीतिमा देखापरिरहेको शंकट कम्युनिष्टहरुको शंकट भएको समेत बताए । साथै नेता बास्तोलाले सामन्तवर्गको हातमा रहेको सरकार अहिले दलाल र पुँजीपतिहरुको हातमा रहेकोसमेत बताए ।
नेता बास्तोलाले नेपालमा आधारभूत परिवर्तन नभएको समेत बताए ।
सम्बन्धित

प्रतिक्रिया