काठमाडौंका श्रमिकहरूको नयाँ ज्यालादर सार्वजनिक, ज्याला ५ प्रतिशले वृद्धि

नेपालखोज २०७८ साउन ८ गते १८:४७
साँकेतिक तस्बिर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले श्रमिकहरूको ज्यालादर पाँच प्रतिशतले वृद्धि गर्दै नयाँ ज्यालादर सार्वजनिक गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अघिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा असार २९ गते रेट निर्धारण समितिको बैठकले मजदुरहरूको ज्यालदर वृद्धि गर्ने निर्णय स्वीकृत गरेको हो । निर्माण क्षेत्रमा काम गर्ने मजदुर ज्यामीहरूले दैनिक ७५० पाउँदै आएकोमा अब दैनिक ७९० पाउने भएका छन् ।

पराजुलीका अनुसार काठमाडौँमा श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने अवधि ८ घण्टालाई आधार मानी ०७७र७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकांकको मान तथा प्रचलित बजार दरलाई आधार मानी पाँच प्रतिशतले वृद्धि गरिएको छ ।

प्रतिक्रिया