मनसुनी वायुको प्रभाव सामान्य : आज भीषण वर्षाको सम्भावना छैन-विभाग
नेपालखोज
२०७८ साउन ९ गते ८:२४

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सामान्य रहेकाले भीषण वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रहेको छ । अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
दिउँसो मौसम देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेशका एक–दुई स्थानमा भने क्षणिक भीषण वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया