शनिबार, जेठ ४, २०८२

देशभरको मौसम सामान्य बदली, प्रदेश १ र गण्डकीमा भीषण वर्षाको सम्भावना

नेपालखोज २०७८ साउन १० गते ७:३८

काठमाडौं । देशभरको मौसम सामान्य बदली रही अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान आगामी तीन दिनको मौसमको अनुमान गरेको जानकारी विज्ञप्तिमार्फत जानकारी गराउँदै देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

भोलि पनि मौसम बदली रही अधिकांश स्थानमा पानी पर्ने र केही स्थानमा भने भीषण वर्षा हुने जनाइएको छ । दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भीषण वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सी मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती , गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया