शनिबार, जेठ ४, २०८२

सुनचाँदीकै मूल्य सामान्य घट्याे

नेपालखोज २०७८ साउन १० गते ११:२३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया