बिहीबार, वैशाख १३, २०८१

मोजाम्बिकका दुई तिहाइ नागरिकमा इन्टरनेटको पहुँच छैन : रिपोर्ट

नेपालखोज २०८० जेठ १७ गते २०:५८

काठमाडाैं । मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी व्यक्ति इन्टरनेटको पहुँचमा नरहेको मोजाम्बिकको सञ्चारमाध्यम (एआईएम) ले बुधबार जनाएको छ ।

मोजाम्बिकको सञ्चार नियामक प्राधिकरण (आईएनसीएम) र राष्ट्रिय तथ्याङ्क कार्यालयले गत साता मोजाम्बिकमा दूरसञ्चार सेवाका प्रयोगकर्ताबारे सार्वजनिक गरेको सर्वेक्षणको नतिजालाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सर्वेक्षणले मोजाम्बिकको कम क्रय शक्तिको कारण देशमा इन्टरनेट पहुँचको लागत सस्तो नभएको औंल्याएको छ । सञ्चार प्रदायकहरूको लागि चुनौती सुलभ सेवाहरू प्रदान गर्नु भएको मोटेले बताए । उनले भने, ‘हामीले आपूर्तिको समस्या समाधान गरेका छौं भन्ने हाम्रो विश्वास छ । अहिले हाम्रो सबैभन्दा ठूलो चिन्ता भनेको मागको सम्बोधन गर्नु हो ।’ उनले भने, ‘हामीले दूरसञ्चार नेटवर्कमा चल्ने सेवाहरूको प्रभावकारी प्रयोग बढाउन उपकरणहरू पहुँचयोग्य हुने र सञ्चार सेवाहरूको लागत पनि पहुँचयोग्य हुने वातावरण सिर्जना गर्नुपर्छ ।’

एआईएमको रिपोर्ट अनुसार सबैभन्दा बढी प्रयोग गरिएको इन्टरनेट अपरेटर मोभिटेल हो, जसको पहुँचमा अनुमानित ५६.८ प्रतिशत प्रयोगकर्ताहरू छन् र यसको बहुमत प्रयोगकर्ता मध्य र उत्तरी क्षेत्रका ग्रामीण क्षेत्रमा छन् । सेवाका लागि दक्षिण अफ्रिकी मोबाइल सञ्चार कम्पनी भोडाकम दोस्रो स्थानमा रहेको छ । rss

प्रतिक्रिया