शुक्रबार, चैत १६, २०८०

महामारीको अवधिमा पनि कामनाले घटायो निष्क्रिय कर्जा

निक्षेप तथा कर्जा दुुवैमा सुधार, खुुद मुनाफा बढेर ७० करोड रुपैयाँ नाघ्यो

नेपालखोज २०७८ साउन १० गते १४:३५

काठमाडौं । कोभिड–१९ को विश्व महामारीका कारण उत्पन्न भएको असहज परिस्थितिमा पनि कामना सेवा विकास बैंकले निष्क्रिय कर्जा घटाउन सफल भएको छ ।

बैंकले आज आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/७८ को चौथौ त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा घटाएर एक दशमलव ५० प्रतिशतमा सीमित राख्न सफल भएको छ । गत आवको सोही अवधिमा भने बैंकमा यस्तो कर्जाको अनुपात एक दशमलव ७९ प्रतिशत थियो ।

निष्क्रिय कर्जा घटेका कारण बैंकको खुद मुनाफा उच्च रूपमा बढेको छ । बैंकले आव ०७७/०७८ मा ७० करोड दुई लाख ४० हजार चार सय एक रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ११ करोड ९७ लाख १९ हजार तीन सय २८ रुपैयाँ मात्र थियो । हाल चुक्ता पुँजी दुुई अर्ब ६५ करोड १९ लाख ६३ हजार सात सय ३२ रुपैयाँ रहेको बैंकले ०७७/७८ मा ४४ अर्ब ४५ करोड एक लाख ६६ हजार ६ सय ८२ रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८२ करोड ९१ लाख ८३ हजार तीन सय १४ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ४९ करोड तीन लाख २५ हजार ६ सय ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको स्प्रेड दर भने चार दशमलव २० प्रतिशत छ भने वितरणयोग्य नाफा ४३ करोड ४५ लाख २१ हजार तीन सय ४६ रुपैंयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैंकले ३१ अर्ब ९० करोड ५९ लाख ७६ हजार ६ सय २४ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९२ करोड ६० लाख १८ हजार १५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब १४ करोड ७१ लाख ३२ हजार नौ सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा चार दशमलव ९१ प्रतिशत स्प्रेड दर थियो ।

प्रतिक्रिया