स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
नेपालखोज
२०७८ साउन १० गते १५:५५

काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा ७६ (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवासँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

सम्बन्धित
प्रतिक्रिया