चौबीस घण्टामा थप २,२३७ जनामा संक्रमण पुष्टि, २,०५० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ५३९ र ३ हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जना गरी जम्मा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ८० हजार ५५६ र एन्टिजेन विधिबाट ५४ हजार २४३ पुगको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ५० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ७१३ पुगेको छ ।

प्रतिक्रिया