बिहीबार, वैशाख ६, २०८१

एसईईको मूल्यांकन भोलिदेखि रुजु गरिँदै

नेपालखोज २०७८ साउन १० गते १९:२९

काठमाडौं । एसईईको मूल्यांकन राष्ट्रिय परीक्षा बोर्डबाट सोमबारदेखि रुजु गरिने भएको छ । दुई जिल्लाबाहेक सबै जिल्लाको एसईईको मूल्यांकन प्राप्त भएकाले सोमबारदेखि रुजु गर्न थाल्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ ।

आइतबार अपराह्‌नसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्यांकन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भइसकेको छ । पर्सा र रौतहटको पनि सोमबारसम्म आइसक्ने भएकाले प्राप्त मूल्यांकन रुजु एवं तालिकीकरणको काम सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी असारभित्र पठाइसक्नुपर्ने भए पनि कोराना संक्रमणको दोस्रो लहरलगायत कारणले तोकिएको समयमा सबै जिल्लाको नतिजा आउन ढिलाइ भएको परीक्षा बोर्डले जनाएको छ ।

विद्यार्थीहरु भौतिक रुपमा उपस्थित हुन नसक्ने भएपछि ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याएर एसईईको आन्तरिक मूल्यांकन गर्ने परीक्षा बोर्डबाट निर्णय भएको थियो ।

प्रतिक्रिया