आइतबार, वैशाख १६, २०८१

अल्बर्टले जिते ‘सारेगमप’को उपाधि

नेपालखोज २०८० मंसिर १३ गते १२:१६

काठमाडौं । भारतको पश्चिम बंगलास्थित कालिम्पोङका नेपालीभाषी अल्बर्ट काबो लेप्चा, २७, ले जी टीभीबाट प्रसारण हुने गायन टेलिभिजन रियालिटी शो ‘सारेगमप २०२३’ को उपाधि जितेका छन् । उनी व्यावसायिक गायक भने होइनन् ।

उपाधिसँगै उनले १० लाख भारु र कार पुरस्कार प्राप्त गरे । प्रतिस्पर्धाको क्रममा उनले निर्णायक र दर्शकलाई प्रभावित तुल्याउँदै केही उत्कृष्ट प्रस्तुति दिए । उनले दुईपटक ओजी सिंगर अफ द विकको अवार्ड पनि जिते ।

शीर्ष पाँच फाइनलमा अल्बर्टसहित निष्ता शर्मा, स्नेहा भट्टाचार्य, रनिता बनर्जी र सोनिया गजमेर थिए । निस्ता र रनिता क्रमशः फस्ट रनरअप घोषित भए । हिमेश रेशमिया, अनु मलिक र नीति मोहन सिजनका निर्णायक थिए ।

जितपछि खुसी बाँड्न अल्बर्ट कालिम्पोङतिर लागेका छन् । ‘सारेगमप’मा आउनुअघि अल्बर्टले आफ्नै ब्याण्ड ‘कबो एन कम्पनी’ बनाएका थिए र कहिलेकाहीं उनी आफ्नो ब्यान्डसँगै सोलो प्रस्तुति पनि दिन्छन् । अल्बर्टले कक्षा १ देखि आफ्नो स्कुलका समारोहमा गाउन थालेका हुन् । बाल्यकालमा उनी चर्चमा गाउने गाउने गर्थे ।

प्रतिक्रिया