शनिबार, जेठ ४, २०८२

जसपाको विवाद आज टुंग्याउँदै निर्वाचन आयोग

नेपालखोज २०७८ साउन ११ गते ७:२५

काठमाडौं । निर्वाचन आयोगले आज (सोमबार) जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्णय गर्दै छ ।

आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गर्दै पार्टीको आधिकारितासम्बन्धी विवाद टुंग्याउन लागेको हो ।

फुटनजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू तानातानमा परेका छन् । जसको लागि जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक जुटेका छन् ।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ । यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ ।

यसअघि ‘हेड काउन्ट’ को प्रकृया रोक्न माग गर्दै सर्वोच्च पुगेका ठाकुरको निवेदनमा अदालतले आदेश दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया