एकतामा जोड दिँदै नेपाल पक्षको स्थायी कमिटी बैठक सम्पन्न
नेपालखोज
२०७८ साउन ११ गते १७:४१

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरुले एकतामा जोड दिएका छन् । सोमबार दिउँसो बानेश्वरस्थित एक होटेलमा बसेको बैठकमा एकतालाई बलियो बनाउने विषयमा अधिकांश नेताहरुले जोड दिए ।
तर बैठकमा कुनै ठोस निष्कर्ष भने ननिस्किएको स्थायी कमिटी सदस्य रघुजी पन्तले संचारकर्मीलाई बताएका छन् ।यसअघि आइतबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा पनि नेताहरुले पार्टी एकतामा नैं जोड दिएका थिए ।
एमाले ओली र माधव पक्षका सांसदहरुले एकता कार्यदलस्तरमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिईरहेका छन् । उनीह?ले आन्तरिक एकता कायम राख्ने दबाब दिन पनि सुरु गरेका छन्। पछिल्लो समय एकतालाई जोड दिँदै दुवै पक्षका नेताहरु औपचारिक तथा अनौपचारिक छलफलमा जुटिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया