बिहीबार, वैशाख १३, २०८१

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

नेपालखोज २०७८ साउन १२ गते १०:४४

काठमाडौं । निर्वाचन आयोगले आधिकारिकता दिएपछि जनता समाजवादी पार्टी जसपाको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा बस्ने छ ।

बैठकमा महन्थ ठाकुर समूहलाई पनि बोलाइएको एक नेताले जानकारी दिएका छन् । बैठकमा सहभागी हुने-नहुने विषयमा ठाकुर पक्ष आन्तरिक छलफलमा छ ।

अध्यक्ष उपेन्द्र यादवसँग पार्टीमा मिलेर अघि बढ्ने वा अर्को दल दर्ता गर्ने भन्ने दुई वटा विकल्प रहेकोले यसै बिषयमा छलफल गर्दैछ ।
गल्ती स्वीकारेर वा आत्म आलोचना गरेर आए पार्टीमा ठाउँ रहेको बताएको छ ।

प्रतिक्रिया