शनिबार, जेठ ४, २०८२

चौबीस घण्टामा ३ हजार ८९९ संक्रमित थपिए, २० जनाको मृत्यु

नेपालखोज २०७८ साउन १२ गते १६:१५

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७७८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनाको पीसीआर परीक्षणबाट २ हजार ७२६ र ४ हजार ८६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार १७३ जना गरी जम्मा ३ हजार८९९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ रहेको छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ४७ हजार ०७९ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३५६ र आइसोलेसनमा २८ हजार ८३६ जना रहेका छन् ।

नेपालमा हालसम्म ६ लाख ८५ हजार ६७३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया