आइतबार, जेठ ५, २०८२

एसईईको नतिजा साउन २५ सम्म सार्वजनिक गर्ने तयारी

नेपालखोज २०७८ साउन १२ गते १८:२०

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन २५ गतेभित्र आउने भएको छ । आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रूद्र अधिकारीले बताए ।

बोर्डले अहिले सबै जिल्लाका विद्यार्थीहरुको नतिजा विवरण प्राप्त गरिसकेको छ । यसअघि साउन मसान्तमा परीक्षा प्रकाशन भनिए पनि त्यो भन्दा नै छिटो गर्ने तयारी भएको अधिकारीले बताए।

बोर्डले माध्यमिक शिक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्यांङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिक तर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सो भन्दा बढी प्राप्तांङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भन्ने कारण खुलाउनु पर्ने जनाएको छ । २०७७ सालको एसईई परीक्षाका लागि ५ लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका छन् ।

प्रतिक्रिया