बुधबार, वैशाख १२, २०८१

वाइडेनले पनि ट्रम्पकै नीतिलाई निरन्तरता दिए अमेरिकाले ठूलो संकट भोग्ने चीनको चेतावनी

नेपालखोज २०७८ साउन १३ गते ८:३७

काठमाडौं । अमेरिकाले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन विरोधी नीतिहरुलाई निरन्तरता दिएको बेइजिङले आरोप लगाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले जो बाइडेनको प्रशासनले ट्रम्पले नै अनुसरण गरेको ‘चीन सम्बन्धी गलत नीति’लाई निरन्तरताको दिएको आरोप लगाएका हुन् ।

चीनविरुद्धको त्यस्ता नीतिहरु अमेरिकाले नसच्याए उसले ठूलो संकटको सामना गर्नुपर्ने विदेशमन्त्री यीले चेतावनी दिएका छन् ।

अमेरिकाकी उप–विदेशमन्त्री वेन्डी सर्मेनसँगको भेटका क्रममा यीले अमेरिकाकै कारण दुई देशबीचको सम्बन्ध बिग्रिएको र उसैले सम्बन्ध थप नबिगार्न कदम चाल्नुपर्ने धारणा राखेका छन् ।

चीन र अमेरिकाबीचको सम्बन्ध व्यवस्थापन गर्न असफल भएको खण्डमा त्यसले ‘ठूलो विपत’ निम्त्याउने उनको भनाई छ ।

चिनियाँ शासनको मोडेललाई चुनौती दिनु एक अर्ब ४० करोड चिनियाँको भाग्यमाथि प्रहार हुनु सरह रहेको उनले बताए ।

प्रतिक्रिया