आइतबार, वैशाख २८, २०८२

पाकिस्तानले भन्यो-अफगानिस्तानको वर्तमान अवस्थाका लागि अमेरिका जिम्मेवार

नेपालखोज २०७८ साउन १४ गते ८:१५

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानको वर्तमान अवस्थाका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन् ।

अफगानिस्तानमा अमेरिकाको सैन्य आक्रमणपछि गडबडी नै गडबडी फैलिएको उनले बताए ।

मंगलबार राति प्रसारण गरिएको अमेरिकी न्युज कार्यक्रम पीबीएस न्युजआवरमा इमरानले यस्तो टिप्पणी गरेका हुन् । अमेरिकी सेना अफगानिस्तानबाट फर्किरहेको र तालिबानको पकड देशमा बढ्दै गएको बेलामा उनको यस्तो भनाई सार्बजनिक भएको हो । उनले अफगानिस्तानको समस्या समाधानमा अमेरिकाले बनाएको रणनीतिको पनि खुलेर आलोचना गरेका थिए ।

अफगानिस्तानको सैन्य समाधान सम्भव छैन भन्ने कुरा अहिले आएर बल्ल अमेरिकाले थाहा पाएको उनको धारणा छ । अफगानिस्तानमा राजनीतिक सम्झौता मात्र समाधानको बाटो भएको खानले बताएका छन् ।

प्रतिक्रिया