आइतबार, जेठ ५, २०८२

मैलुङखोला जलविद्युतको आईपीओ खुल्यो

नेपालखोज २०७८ साउन १४ गते १२:१९

काठमाडौं । मैलुङखोला जलविद्युत् कम्पनीले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता साधारण सेयर बिक्री गर्न अनुमति पाएको छ ।

आयोजना प्रभावित स्थानीयलाई यसअघि नै सार्वजनिक निष्कासन गरिसकेको कम्पनीले कुल निष्कासनमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ता अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उक्त सार्वजनिक निष्कासनमा छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिने सकिनेछ ।

प्रतिक्रिया