मंगलबार, वैशाख ११, २०८१

बाघ

नेपालखोज २०७८ साउन १४ गते १३:२०

एकदिन नातीले बाजेसँग सोध्नेछ
बाजे बाघ भनेको कस्तो हुन्छ ?
मान्छे जस्तो हुन्छ कि मान्छेभन्दा भयानक हुन्छ ?
बाजे असमञ्जसमा आफ्नो बूढो कपाल कन्याउनेछ
अनि भन्नेछ- बाबु बाघ मान्छेभन्दा भयानक हुन्थ्यो
अहिले मान्छे बाघभन्दा भयानकको भएको छ
त्यसैले तिमी छौ
म छु
तर बाघ छैन ।

प्रतिक्रिया