सोमबार, फागुन १४, २०८०

सरकारको प्राथमिकतामा खोप, यसरी लाग्यो भिड (फोटो फिचर)

नेपालखोज २०७८ साउन १४ गते १९:३७

काठमाडौं । सरकारले पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । आवश्यकताअनुसार पालैपालो देशैभर खोप लगाउने कार्य यतिबेला जारी छ ।

कोरोना भाइरस संक्रमण हुनबाट रोक्न खोप लगाउने वा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु बाहेक अन्य विकल्प छैन् । नेपालमा पहिलो लहरको कोरोना संक्रमण फैलिएर करिब १ वर्षसम्म सम्पूर्ण अर्थतन्त्र नै तहसनहस भएको अवस्थामा संक्रमण विस्तारै कम हुँदै गइ जनजीवन सामान्य तर्फ उन्मुख हुँदै गर्दा फेरि दोस्रोे लहरको संक्रमण फैलियो । दोस्रो लहरको संक्रमणफेरि केही कम हुँदै गएको परिप्रेक्षमा नेपालमा फेरि यतिबेला संक्रमणदर उकालो लाग्न थालेको छ ।

जनस्वास्थ्यविद्हरुले पनि नेपालमा असोजको तेस्रो सातासम्म कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिन थालेका छन् । यसका कारण पनि यतिबेला खोप लगाउने कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ । साथै पछिल्लो समय नेपाललाई मित्रराष्ट्रहरुले खोप सहयोग गर्ने क्रम पनि बढकोछ । तर, खोप लगाउने केन्द्रहरुमा मानिसको भीडभाडलाई व्यवस्थित गर्न नसक्दा कोरोना संक्रमणको जोखिम थप बढेको छ ।

प्रतिक्रिया