एमालेको नेतृत्व चयन सहमतिमै हुन्छ : ज्ञवाली

नेपालखोज २०७८ कार्तिक २५ गते ११:३५


काठमाडौं । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १० औं महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् ।

आज पत्रकारहरुसँगको कुराकानीका क्रममा सचिव ज्ञवालीले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् । केन्द्रीय सदस्य र अन्य कुनै एक-दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुंगिने उनको भनाइ थियो ।

महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिए ।

महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने बताउँदै उनले महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया