आहा ! झारखण्डी तालमा फुलेको कमल
नेपालखोज
२०७८ साउन १४ गते २०:४०

कञ्चनपुर । प्रस्तुत तस्बिर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ झारखण्डी तालमा फुलेको कमलको फूल हो । कमल पानीमा फुल्ने एक प्रकारको फूल हो।
यो फूल भारत र भियतनामको राष्ट्रिय फूल पनि हो। हिन्दु धर्ममा ब्रम्हालगायत विभिन्न देवीदेवताहरू यो फुलमा बस्ने भएकोले पनि यसको धार्मिक महत्त्व धेरै छ।
कमल प्रायः संसारभरका जुनसुकै स्थानमा पाइन्छ । यसलाई मन नपराउने विरलै होलान् । यो फूल ताल, जमेको पानी पाइन्छ । रंग अनि आकारका हिसाबले यसका धेरै प्रकार छन् । तर, प्राय यो रातो, सेतो र निलो रंगको हुन्छ । भने कतैकतै यो पहेंलो रंगमा भेटिन्छ ।
तस्बिर : रासस
सम्बन्धित

प्रतिक्रिया