शनिबार, वैशाख १५, २०८१

देशभर मौसम बदली, यी प्रदेशमा हुँदै छ भारी वर्षा

नेपालखोज २०७८ साउन १५ गते ७:१५

काठमाडौं । मनसुनी वायुको प्रभावले आज बिहान देशभरको मौसम सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपाश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीरी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया