आइतबार, जेठ ५, २०८२

सुनको मूल्य बढ्यो, आजको भाउ कति ?

नेपालखोज २०७८ साउन १५ गते १०:५८

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार चार सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज बढेको छ । चाँदी आज तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया