स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको गलत प्रचार गरिएको भन्दै कांग्रेस उद्योग तथा व्यापार विभागको ध्यानाकर्षण

नेपालखोज २०७८ साउन १५ गते १८:५३

काठमाडौं । नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले नवनियुक्त स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठको गलत प्रचार गरिएको भन्दै ध्यानार्कषण भएको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सांसद् श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । तर, श्रेष्ठलाई सरकारले राज्य मन्त्रीमा नियुक्त गरेको भन्दै सामाजिक संजालमा विभिन्न खाले टिकाटिप्पणी भएका थिए ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य, उर्जा, कृषिजस्ता महत्वपूर्ण क्षेत्रमा आफूलाई कुशल व्यवस्थापकको रुपमा स्थापित गर्न सफल एवं लामो समयदेखि कांग्रेसको संगठन सुदृढीकरणमा सक्रिय श्रेष्ठले संविधानसभा र प्रतिनिधिसभा सदस्यका रुपमा उनले पुर्याएको योगदानको अवमूल्यन हुनेगरी कतिपय संचारमाध्यम र सामाजिक संजालहरुमा गरिएको सुनियोजित अनर्गल टिकाटिप्पणी र दुष्प्रचारप्रति गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

प्रतिक्रिया