स्थायी कमिटी बैठक अघि ओली र नेपालको छुट्टाछुट्टै कार्यक्रम

नेपालखोज २०७८ साउन १६ गते ९:३६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पार्टीको स्थायी कमिटी बैठकअघि आ–आफ्नो पक्षको कार्यक्रममा सहभागी हुँदैछन् । पार्टीको स्थायी कमिटी बैठक अपराह्न बोलाइएको छ ।

आन्तरिक एकता कायम गर्ने प्रयास निर्णायक चरणमा पुगेका बेला दुबै नेता छुट्टाछुट्टै भेला र बैठकमा सहभागी हुन लागेका हुन् ।

त्यसअघि नेता नेपालले आज कार्की ब्यांक्वेटमा अखिल फोर्सको भेलालाई सम्बोधन गर्दैछन् । माधव नेपालले यसअघि नै युथ फोर्सको काउन्टरमा अखिल फोर्स र पिपुल्स भोलेन्टियर्स घोषणा गरेका थिए ।

त्यही समयमा अध्यक्ष ओलीले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दैछन् । एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठक मध्याह्न १२ बजे ड्रिम हाउस पार्टी प्यालेस नयाँ बस्तीमा आयोजना गरिएको छ ।

प्रतिक्रिया