जसपाले संसदीय दलको नेता चयन गर्दै, को बन्ला ?

नेपालखोज २०७८ साउन १६ गते १०:२५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक बस्दै छ । बिहान ११ बजे संसदीय दलको कार्यालयमा सिंहदरबारमा बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने एक नेताले बताएका छन् ।

अध्यक्ष उपेन्द्र यादवलाई दलको नेता चयन गर्ने समझदारी नेताहरुबीच बनिसकेको छ । केही दिनअघि जसपाले संसदीय दलको विधान पनि पारित गरेको थियो ।

नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन् ।

प्रतिक्रिया