मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच छलफल
नेपालखोज
२०७८ साउन १६ गते ११:५१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताधारी दलका दुई शिर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तारवारे कुराकानी भएको हो ।
छलफलमा मन्त्रालय बाँडफाँडको बारेमा गठबन्धनका अन्य नेताहरूसँग पनि कुराकानी गर्ने समझदारी पनि भएको स्रोतले बताएको छ ।
प्रचण्डले जसपा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार प्रचण्डले माधव नेपाललाई शनिवारसम्म निर्णय गर्न आग्रह गरेका थिए । नेपालले सरकारमा सहभागी हुनेबारेमा आफ्नो निर्णय सुनाएमा आइतवार मन्त्रिपरिषद् विस्तार हुनेछ ।
माधव नेपाल पक्षलाई कम्तिमा ६ वटा मन्त्रालय दिन गठबन्धनका नेताहरू तयार छन् ।
सम्बन्धित

प्रतिक्रिया