सुनको भाउ घट्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ साउन १७ गते ११:०९

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज पाँच सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदी आज तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १२ सय ८५ रुपैयाँमा नै कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया