दाहाल-नेपाल भेट, समसामयिक राजनीतिक विषयमा छलफल

नेपालखोज २०७८ साउन १९ गते १०:४९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । करिब १ घण्टा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

गठबन्धनबाट सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषद् पूर्णता दिने तयारी भइरहेका बेला दाहालले नेपाललाई भेटेका हुन् ।

उसो त आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच पनि भेटवार्ता हुने सम्भावना छ । -फाइल तस्बिर

प्रतिक्रिया