सरकारका न्यूनतम साझा कार्यक्रम टुंग्याउँदै कार्यदल

काठमाडौं । सत्तारुढ कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुंगो लगाउने भएको छ । यसकै लागि आज पनि सत्तारूढ कार्यदलको बैठक बस्ने भएको हो ।
उसो त हिजो (मंगलबार) बिहान र बेलुकी दुईपटक कार्यदलको बैठक बालुवाटारमा बसेको थियो । कार्यदलले मन्त्रिपरिषद पूर्णता दिन, मन्त्री छनोटको मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि, आचरण र नीतिसहित प्रतिवेदन तयार पार्नेछ ।
आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी छ ।
गठबन्धनले सरकार सञ्चालनमा सघाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कांग्रेसबाट मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल बनाएको थियो । -फाइल तस्बिर

प्रतिक्रिया