एउटै घटनाले सरकार कति कमजोर छ भन्ने देखियाे : खिमलाल भट्टराई

नेपालखोज २०७८ साउन २० गते १३:४९
फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एउटै घटनाले सरकार कति कमजोर छ भन्ने देखिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा भट्टराईले दार्चुलामा जयसिंह धामी एसएसबीले डोरी बुस्काइदिएका कारण महाकाली नदीमा खसेको भन्न पनि सरकारले आँट नगरेको दाबी गरे ।

उनले एसएसबीका जवानलाई कारबाही गराउनसमेत सरकारले हैसियत नराखेको भन्दै सरकारको कमजोर जग यसको कारण भएको बताए ।

प्रतिक्रिया