शुक्रबार, असार १३, २०८२

अगस्त अन्त्यसम्म माल्दिभ्सका ९० प्रतिशतलाई खोप लगाइसक्ने

नेपालखोज २०७८ साउन २० गते १९:०१

काठमाडौं । माल्दीभ्सका राष्ट्रपति इब्राहिम सोलिहले जतिसक्दो चाँडो सबै नागरिकलाई खोप लगाइ सक्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन् । कोरोना भाइरसको महामारीका कारण थप मानवीय क्षति हुन नदिनका लागि खोप लगाउने अभियानलाई तीव्रता दिन उनले आग्रह गरेका हुन् ।

राष्ट्रपति सोलिहले सरकारी निकायका सबैलाई उच्च प्राथमिकताका साथ कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिए । राष्ट्रपति कार्यालयद्वारा जारी निर्देशनमा सरकारी सबै कर्मचारीलाई यही अगस्त १५ सम्मका कम्तीमा एउटा खोप लगाइसक्न आग्रह गरिएको छ ।

जनस्वास्थ्य महानिर्देशक मैमुना अबुबाकुरले पनि खोप अभियानमा सहयोग गर्न सरकारी संस्था तथा निकाय, कम्पनीलगायतलाई अनुरोध गरेका छन् । माल्दीभ्समा कोरोनाभाइसविरुद्धको खोप लगाउने अभियान गत फेब्रुअरीदेखि नै सुरु भए पनि पूरा हुन सकेको छैन्।

यही अगस्तको अन्त्यसम्ममा खोप लगाउन योग्य कम्तीमा पनि ९० प्रतिशतलाई खोप लगाइसक्ने उद्देश्य राखिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म खोप लगाउन योग्य ७० प्रतिशतले भने खोप लगाइसकेका छन् ।देशभरिका तीन लाख २५ हजार ६० जनाले पहिलो मात्रै खोप लगाएका छन् भने दुई लाख ७४ हजार ९४९ जनाले दुवै खोप लगाएका छन् ।

प्रतिक्रिया