जसपा आधिकारिकता विवाद : ठाकुरको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

नेपालखोज २०७८ साउन २० गते २०:३८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

साउन ११ गते यादव पक्षले जसपाको आधिकारिकता पाएपछि महन्थ ठाकुर साउन १५ गते उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च पुगेका थिए। निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले निर्धारण गरेको प्रकृयालाई अवलम्बन गरी दलको आधिकारिकताको विवाद निरुपण गरेको हुँदा अन्तरिम आदेश जारी गर्नु नपरेको सर्वोच्चको आदेशमा उल्लेख छ।

बुधबार प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै ठाकुरले दायर गरेको त्यही विषयसँग सम्बन्धित रिट निवेदनसँगै राखेर सुनुवाइ गर्न आदेश दिएको हो।

प्रतिक्रिया