सरकारमा जाने/नजाने विषयमा औपचारिक निर्णय गर्दै माधव समूह

नेपालखोज २०७८ साउन २१ गते ९:३१

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठकले सरकारमा जाने/नजाने विषयमा औपचारिक निर्णय गर्ने तयारी छ ।

नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेको नेताहरुले बताएका छन् ।

देउवालाई विश्वासको मत नदिएका नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । तर विश्वासको पक्षमा मत दिने नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने बताउँदै आएका छन् ।

नेपाल समूह सरकारमा सहभागी भए ६, माओवादी केन्द्रलाई ६, जसपालाई ४ तथा कांग्रेसलाई ८ मन्त्रालय मन्त्रालय बाँड्ने तयारी छ । प्रतिनिधिसभा पुन:स्थापना र नयाँ सरकार बनेपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया