‘कोभिड–१९ विरुद्धको लडाइँमा राष्ट्रसंघले गरेको प्रतिबद्धताप्रति नेपाल कृतज्ञ छ’

नेपालखोज २०७८ साउन २१ गते २१:१०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक सारा बेसोलो न्यान्तीलेबीच प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटे भएको छ ।

भेटमा उनीहरूबीच नेपाल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्ध तथा सहयोगबारे विचार-विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा राष्ट्रसंघले व्यक्त गरेको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गरेका थिए।

त्यस्तै, राष्ट्रसंघीय कार्यालयले प्रधानमन्त्रीसँगको भेटमा मानवाधिकारसम्बन्धी सर्वदेशीय आवधिक समीक्षाका क्रममा भएका सिफारिसको कार्यान्वयन, राष्ट्रसंघको सुदृढीकरण, नेपाल र राष्ट्रसंघबीचको साझेदारी, नेपालको अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुने लक्ष्य र दिगो विकास लक्ष्य प्राप्ति, कोभिड-१९ विरुद्धको सुदृढ प्रतिकार्यलगायत विषयमा छलफल भएको जनाएको छ ।

आजै प्रधानमन्त्रीसँग यहाँस्थित संघीय गणतन्त्र जर्मनीका कार्यबाहक राजदूत स्टेफान रुस्सेकले पनि शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा उनिहरुबीच नेपाल–जर्मनी सम्बन्धका साथै द्विपक्षीय व्यापार, लगानी र सांस्कृतिक सम्ब प्रवर्द्धनबारे विचार आदानप्रदान भएको थियो ।

प्रधानमन्त्री देउवाले नेपालको सामाजिक-आर्थिक विकास तथा कोभिड-१९ विरुद्धको नेपालको लडाइँमा जर्मनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया