शुक्रबार, असार १३, २०८२

परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन इरानलाई अमेरिकाको आग्रह

नेपालखोज २०७८ साउन २२ गते १७:००

काठमाडौं । अमेरिकाले इरानलाई परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन आग्रह गरेको छ । बिहीबार पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने संकेत गरेका थिए ।

यही समयमा अमेरिकाले पनि परमाणु सम्झौता सम्बन्धी वार्तामा आउन आह्वान गरेको हो । साथै अमेरिकाले कूटनीतिक मार्ग सधैँ खुला नरहने चेतावनी पनि दिएको छ ।

सन् २०१८ मा त्यस बेलाका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरू पुनः लगाएपछि दुई देशबीच तनाव बढेको थियो ।

पश्चिमा देशले परमाणु हतियार बनाएको भन्दै इरानको आलोचना गर्दै आएका छन् । तर, इरानले भने यसको खण्डन गर्दै आएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया