शुक्रबार, असार १३, २०८२

अफगानिस्तानको स्थिति थप बिग्रदै, इन्फर्मेशन सेन्टर प्रमुख दावा खान मीनापालको हत्या

नेपालखोज २०७८ साउन २२ गते १९:४७

काठमाडौं । अफगानिस्तानको स्थिति लगातार बिग्रदै गएको छ भने तालिवानी लडाकूहरुले नयाँ-नयाँ क्षेत्र कब्जा गर्ने क्रम जारी छ । यसबीच, शुक्रवार दिउँसो अफगानिस्तान सरकारका मीडिया तथा इन्फर्मेशन सेन्टर प्रमुख दावा खान मीनापालको हत्या भएको छ ।

टोलो न्यूजले आफ्ना सुत्रको हवाला दिँदै यो खबर पुष्टि गरेको छ । समाचार अनुसार दावा खानमाथि अज्ञात बन्दुकधारीहरुले काबुलमा हमला गरेका थिए । यो घटना पश्चिमी काबुलको दारुल अमन रोडमा भएको बताईएको छ ।

अफगानिस्तान सरकारका मीडिया विभाग प्रमुख हुनु अघि दावा खान २०१६ देखि २०२० सम्म उप-राष्ट्रपतिका प्रवक्ता थिए । मीनापालले २०१५ मा कान्धहारमा सरकारको मीडिया तथा इन्फर्मेशन सेन्टर पनि सम्हालेका थिए ।

उनि दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तका बासिन्दा हुन् । खानले काबुल यूनिभर्सिटीबाट कानुन तथा पोलिटिकल साइन्समा स्नातक गरेका थिए । सरकारी सेबामा जानु अघि उनले रेडियो आजादीमा पत्रकारका रुपमा समेत काम गरेका थिए ।

प्रतिक्रिया