मनसुनी वायुको प्रभाव : तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७८ साउन २३ गते ६:५७

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार। आज बिहान देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै‚ आज राति देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया