सोमबार, जेठ ७, २०८१

साताको सेयर : नेप्से ७३.२३ अंकले गिरावट, १ खर्ब २ अर्ब ८२ करोड कारोबार

नेपालखोज २०७८ पुष ४ गते २१:०२

काठमाडौं । पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक ७३.२३ अंकले गिरावट आएको छ । गत साताको अन्तिम कारोबार बिहीबार नेप्से ५.८४ अंकले घटेर २ हजार ४४९.९७ बिन्दुमा रोकिएको थियो ।

साताको ५ दिन भएको कारोबारमा ७३.२३ अंकले ओरालो लागेर २ हजार ३७६.७४ विन्दुमा रोकिएको छ । यो साता नेप्से परिसूचकमा निकै ठूलो उतारचढाव आएको छ । मौद्रिक नीतिको समिक्षा पछि १५ दिनदेखि लगातार ओरालो लागेको नेप्से यो साता प्रचण्डको अभिव्यक्तिका कारण बजारमा धेरै विचलन आएको छ ।

गत शनिवार प्रचण्डले एक कार्यक्रममा सेयर बजार साम्राज्यबादको उन्नत रुप भएको टिप्पणी गरेका थिए । उनको उक्त टिप्पणीकै कारण साताको चार दिन बजारले गति लिन सकेन । तर, मंगलबार भने सेयर बजार ६ प्रतिशतले बढ्दा ४० मिनेटको लागि कारोबार नै बन्द भएको थियो ।

नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ८८.७० अंकले घटेर २ हजार ३६१.२७ विन्दूमा झरेको थियो । आइतबार ८८.७० अकले घटेको नेप्से परिसूचक २३ सयको विन्दूमा रोकियो । त्यस्तै सोमबार ७९.२३ अंकले घटेर नेप्से २ हजार २८२.०१ बिन्दुमा रोकिएको थियो । आइतबार २३ सय बिन्दुमा रोकिएको नेप्से सोमबार २२ सयको बिन्दुमा झरेको थियो । तर, मंगलबार भने नेप्से परिसूचकमा हरियाली छाएको थियो ।

प्रचण्डको भाषणपछि घटेको सेयर बजार मंगलबार ६ प्रतिशतले बढेर १ बजेर ३५ मिनेटमा नै कारोबार बन्द भएको थियो । मंगलबार १३७ अंकले बढेको थियो । यसरी नेप्से १३७ अंकले बढेर २ हजार ४१८ अंकमा उक्लिसकेको थियो । उक्त दिन १ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार भने नेप्से परिसूचक ४.२३ अंकले घटेर २ हजार ४१४.६२ मा ओर्लिएको थियो । त्यस्तै,साताको अन्तिम कारोबारका दिन बिहीबार पनि ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दूमा झरेको छ ।

यो साता बजार पूँजीकरणका हिसाबले ५ दिनमा कगानीकर्ताले १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ सम्पत्ति गुमाएका छन् । पछिल्लो एक सातामा लगानीकर्ताको सम्पत्ति १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँले घटेर कुल बजार पूँजीकरण ३३ खर्ब ४१ अर्ब ४४ करोड रुर्पैयाँमा संकुचित बनेको छ । गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३४ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, प्रचण्डको अभिव्यक्तिका कारण आइतबार र सोमबार दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका थिए । ३४ खर्ब रहेको पूँजीबजार सोमबारको पूँजीकरण ३२ खर्ब ७ अर्बमा आएको थियो ।

नेप्से परिसूचकको बजार पूँजीकरण ४५ खर्ब रुपैयाँ पुगेको थियो । तर, पछिल्लो समय निरन्तर रुपमा बजार घट्दै बजार अहिले ३३ खर्बमा सिमित भएको छ । पूँजी करिब ४५ खर्ब रुपैयाँ पुगेको बजारले यो बीचमा करिब १२ खर्ब रुपैयाँ गुमाइ सकेको छ । यसरी बजार निरन्तर रुपमा घट्दा सरकारले समेत अर्बौं रुपैयाँको राजस्व गुमाएको छ ।

करिव पाँच महिना देखि सेयर बजार बियरिस ट्रेन्डमा रहेको छ । यसरी बियरिस ट्रेन्डमा रहेको बजारमा पछिल्लो एक सातामा माथिल्लो तहका व्यक्तिहरुको अभिव्यक्तिका कारण बजारमा पहिरो जान साथ दिएको देखिन्छ । नेताहरुले सेयर बजारको विषयमा भएका अभिव्यक्तिले गर्दा अहिले ४६ लाख शेयर लगानीकर्ता निकै त्रसित बन्दै गएका छन् ।

प्रतिक्रिया