एस्ट्राजेनेकाको पहिलो खेप आउँदै
नेपालखोज
२०७८ साउन २३ गते ९:३४

काठमाडौं । जापान सरकारले नेपाललाई उपलब्ध गराउन भनेको कोरोना भाइरस विरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । जापानले दिने भनेको एस्ट्राजेनेकाको १६ लाख डोज खोप मध्ये आज ५ लाख १३ हजार डोज नेपाल आइपुग्ने भएको हो ।
कतार एयरवेजबाट खोप नेपाल आइपुग्ने छ । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत युताका किकुताले खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया