पहिराेबाट ज्यान गुमाउनेका परिवारलाई ५ लाख सहयाेग

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिराबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई संघ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ ।
वडा नं ७ की ५० वर्षीया देवीसरा थापा र वडा नं-८ का ४२ वर्षीय खुमबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो । दुवै पीडित परिवारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घ सरकारका तर्फबाट जनही दुई लाख रूपैयाँ र प्रदेश सरकारका तर्फबाट जनही ५० हजार रूपैयाँका दरले राहत रकम प्रदान गरेका छन् ।
सोक्रममा मुख्यमन्त्री पोखरेलले सरकार जनताको अभिभावक भएकाले पीडामा मलम लगाउन राहत रकम प्रदान गरिएको बताए । उनले गाउँपालिकाका विभिन्न ठाउँमा बाढीपहिराले सडकमा पु¥याएको क्षतिको समेत अवलोकन गरेका छन् ।
बाढीपहिराले भत्किएका सडक मर्मतका लागि प्रदेश सरकारले तत्काल २५ लाख रूपैयाँ उपलब्ध गराएको थियो । बाढीपहिराले सो गाउँपालिकाका थुप्रै घरमा क्षति पुगेको छ । घर क्षति भएकालाई पुनःस्थापनाका लागि प्रतिघर रु चार लाख उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया