बिहीबार, वैशाख १३, २०८१

अनुचित रुपमा इन्टरनेटको मूल्य बढाउन मिल्दैन : प्रदीप पौडेल

नेपालखोज २०८० जेठ ८ गते १२:३९

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य अनुचित रुपमा नमिल्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा कांग्रेस नेता पौडेलले इन्टरनेटमा बढाउन खोजिएको मूल्य अनुचित भएको बताएका हुन् ।

पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

इन्टरनेट सेवा प्रदायकले सेवाको गुणस्तर बढाउनुपर्ने पौडेलले बताए । गुणस्तर वृद्धिमा नलागेर मूल्य बढाउन लागेको भन्दै उनले आपत्ति जनाए ।

प्रतिक्रिया