शुक्रबार, असार १३, २०८२

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या घट्याे

नेपालखोज २०७८ साउन २३ गते १२:५०

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी आएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक संक्रमितको संक्रणमा कमी देखिएको हो ।

शुक्रबारभन्दा शनिबारको विवरणमा झन्डै छ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन् ।

जवकी शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ संक्रमित भएको उल्लेख थियो । सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोना भाइरसबाट संक्रणमुक्त भएका छन् ।

एउटै समयावधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले अहिले संक्रमित अवस्थामै रहेकाको संख्या घटेको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको कुल संख्या चार लाख १२ हजार १५३ रहेको छ । जवकी अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो ।

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ । तीमध्ये १।२९ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामै रहेका छन् ।

संकमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने तीन करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ । तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार १३८ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । योसँगै अहिलेसम्म खोप लगाएकाको सङ्ख्या ५० करोड १० लाख नौ हजार ६०९ पुगेको छ । रासस

प्रतिक्रिया