टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै

नेपालखोज २०७८ साउन २४ गते ११:५७

काठमाडौं । जापानमा जारी ३२औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ मा चीनको अग्रता कायमै छ ।

पदक तालिकामा चीनलाई अमेरिकाले पछ्याइरहेको छ । चीनले ३८ स्वर्ण पदकसहित कुल ८७ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले ३६ स्वर्ण पदकसहित कुल १०८ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित कुल ५६ पदक जितेको छ ।

रसियन ओलम्पिक कमिटी २० स्वर्णसहित ६९ पदक जितेर चौथो स्थानमा छ । ग्रेट ब्रिटेन २० स्वर्णसहित ६३ पदक जितेर पाँचौं स्थानमा छ । यस्तै अस्ट्रेलियाले १७ स्वर्ण जित्दा इटाली, नेदरल्यान्ड्स र जर्मनीले समान १० स्वर्ण जितेका छन् ।

१५औं दिनको खेल सकिँदा ३२७ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६५ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

प्रतिक्रिया